काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेड ले रु पचास करोड वरावर रकमको १०.५ ५ ब्याज दरमा ८ वर्षे अवधिको  ऋणपत्र जारी गर्नको लागि निष्काशन तथा विक्री प्रवन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडसँग एक सम्झौता गरेको छ ।

चुक्ता पूँजी रु ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख संचित कोष रहेको यस वित्तीय संस्थाले ऋणपत्र  जारी पश्चात प्राप्त पूँजीवाट संस्थाको थप ब्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको जनाएको छ   । 

यस संस्थाको गत वर्षको चैत्रसम्म  रु. ८ अर्ब १० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ७० करोड कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल , धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।