काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरंगको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 

मदन भण्डारी मेमोरियल एकेडेमीमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज २ गते ऐकेडेमीका कार्यकारी निर्देशक विनोद अर्यालले एक समारोहका बीच उद्घाटन गरे ।

योसँगै अब मदन भण्डारी मेमोरियल एकेडेमीमा अध्ययनरत विद्यार्थीले अब बिनाझञ्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्न सक्नेछन् । 

राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको यस प्रभु बैंकले मदन भण्डारी मेमोरियल एकेडेमीमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।