काठमाण्डौ । राष्ट्रपतिले मोर्चाका नेताहरूलाई पकौडा खुवाएर सत्कार गरेकी थिइन्। नेताहरूले पकौडा खाँदै गर्दा राष्ट्रपतिले सोधिन्, 'पकौडा त मिठै होला? ' नेताहरूले जबाफ दिए, 'हजुरको सम्धी (पूर्वराष्ट्रपति डा. रामवरण यादव) ले त मिठाइ, दही र चिउरा खुवाउनुहुन्थ्यो ।' लगत्तै भण्डारीले आफ्नो भान्छामा पाकेको खुवाउन निम्ता गरेको बताउनुभएको र आफ्ना सम्धीको सत्कारलाई समेत ध्यान दिँदै मिठाइ, दही र चिउरा पनि खुवाउनुभएको जानकारी स्रोतले दियो।

'मधेसी नेताहरूले मैथिली परम्परा त सिक्नैपर्‍यो' भन्दा राष्ट्रपतिले 'छोरी दिएपछि सिक्दैछु। त्योभन्दा अघि विराटनगरमा रहँदा मदन भण्डारीले पनि मिथिला खाना मन पराउनुहुन्थ्यो' भनेकी थिइन्। राष्ट्रपतिले अत्यन्त अनौपचारिक हुँदै मधेसको संस्कार, संस्कृति र रीतिरिवाजका विषयमा समेत परामर्श गरेको जानकारी स्रोतले दियो।