काठमाण्डौ । घर तथा भवन निर्माणमा पार्टेशन वालको रुपमा प्रयोग हुने गोरखा इको प्यानलको प्रयोग हिमाली जिल्लामा पनि हुन थालेको छ । 

काठमाडौं उपत्यकालगायत पहाडी र तराई जिल्लाहरुमा प्रयोग भइसकेको इको प्यालन पछिल्लो पटक हिमाली जिल्ला मनाङमा पनि सुरु भएको हो ।

एग्रो मनाङ प्रालिले मनागको पिसाङ गाविसस्थित भ्रातागमा निर्माणाधीन कोल्ड स्टोर भवनका लागि प्यानलको प्रयोग थालेको हो । प्रालिले मनाङमा उत्पादित स्याउ स्टोरेजका लागि बनाएको स्याउ प्रशोधन तथा कोल्ड स्टोरेज भबन बनाउन प्यानलको प्रयोग गरेको हो । 

प्रालिका प्रवन्ध निर्देशक युवराज गुरुङले स्थानीय स्तरमा पाइने काठ ढुंगाको अभाब तथा इँटाहरु ओसार्न यातायातको समस्या भएकोले यसको विकल्पको रुपमा इको प्यानलको प्रयोग गरेको बताए । साथै छिटो निर्माण सम्पन्न गर्नुपर्ने भएकोले पनि प्यानलको प्रयोग गरे्को उनले जनाए । 

काम गर्ने दक्ष तथा अदक्ष जनशक्ति अभाब हुने ठाउँंमा छिटो निमार्ण गर्नुपर्ने र  त्यो इको प्यानलको प्रयोगबाट सम्भब भएकोले प्यानल प्रयोग गरेको उनले बताए । साथै गोरखा इको प्यानल नेपाली उत्पादन भएकोले पनि प्रयोग गरेको उनको तर्क छ । 

अरु वालको निर्माण सामाग्री ढुवानीमा पाँंच टिप लाग्ने, त्यही बराबरको काम इको प्यानलबाट एक टिपमै हुने हुन्छ । साथै यो प्यानल जडान गर्न सिमेन्ट, बालुवा र पानीको झञ्झट हुुँदैन ।

भबन निमाणाधिन मनाङको यो ठाउँं लमजुगको सदरमुकाम वेशी सहरबाट करिब ७० किलोमिटर कच्ची फोर ह्विलको सवारीसाधनबाट पुग्नुपर्ने ठाउँंमा पर्छ । यहाँं मंसिरदेखि वैशाखसम्म हिउँं पर्छ । १२ महिनामा यहाँं ६ महिना काम गर्न मिल्ने अवस्थामा पनि यो वीचमा दसैं तिहार जस्ता ठूला चाँडपर्व पर्नुका साथै जाडोले सिमेन्टको सेटिङ नहुँंदा यहाँं निर्माणको काममा कठिनाई तथा ढिलाई हुन्छ ।