काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा आज बुधबार सम्पन्न भएको छ । सो सभा थापागाँउ व्याङकेट, नयाँ बानेश्वरमा सम्पन्न भएको थियो । 

साधारणसभाद्वारा आ.व. २०७५-०७६ को लागि प्रस्तावित ९.८० प्रतिशत नगद लाभांश(वोनश शेयर तथा नगद लाभांशको करसमेत) र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित भएको छ ।

यो संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न  इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामी ४ वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रीय कार्यालय, नयाँबानेश्वर काठमाण्डौंमा रही न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल , धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा वीरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।