काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतकमा कविन्द्र विक्रम ध्वज जोशी नियुक्त भएका छन् । 

आज मंगलबार जोशीलाई मुक्तिनाथ क्यापिटलका अध्यक्ष  सीताराम काफ्लेले   पदभार ग्रहण गरेका हुुन् । जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत थिए । उनले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई दशक भन्दा बढी अनुभव बटुुुलिसकेका छन् ।

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित मुक्तिनाथ क्यापिटल लिमिटेडले डिम्याट,पोर्टफोलियो व्यवस्थापन सेयर रजिष्टार ,निष्कासनकर्ता तथा सल्लाहकारलगायतका मर्चेन्ट बैकिङ सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको  जनाएको छ ।