काठमाण्डौ । मर्चेन्ट बैंकरको रुपमा अर्को एक कम्पनी पनि थपिने भएको छ। 

हिमालयन बैंकको सहायक कम्पनीको रुपमा हिमालयन क्यापिटल लिमीटेडले संचालन स्वीकृति पाएको हो ।  

धितोपत्र बोर्डले हिमालयन बैंकको सतप्रतिशत लगानी रहेको हिमालयन क्यापिटल लिमीटेडलाई धितोपत्र व्यवसायी(मर्चेन्ट बैंकर)को लाइसेन्स दिएको हिमालयन बैंकका सीइओ अशोक राणाले जानकारी दिए।

हिमालयन क्यापिटलले सेयरको निश्कासन तथा बिक्री प्रबन्ध, धितोपत्रको प्रत्याभूति, सेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापना र संस्थागत परामर्शको सेवा समेत प्रवाह गर्नेछ ।

प्रारम्भमा एचबिएल क्यापिटल मार्केट लिमीटेडको नामबाट दर्ता गर्न खोजिएको थियो । तर, बैंकले हिमालयन नाममै जोड गरेपछि हिमालयन क्यापिटलको रुपमा कम्पनी दर्ता भएको हो । 

हिमालयन क्यापिटलले नयाँ आर्थिक वर्षको सुरुवातदेखि औपचारिक रुपमा कारोबार थाल्ने तयारी सुरु गरेको छ । 

कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ रहनेछ ।