काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मर्जरमा नरम नीति अपनाउँदै प्रोत्साहनको प्याकेज सार्वजनिक गरेको छ । 

राष्ट्रबैंकले ०७७ असार मसान्तभित्र बैंक तथा वित्तीय संस्था आपसमा मर्ज भई एकीकृत कारोबार गरेमा हाल दिइने सहुलियतबाहेक अन्य केही अतिरिक्त सहुलियत समेत पाउने घोषणा गरेको हो । 

जसअनुसार ०७७ असार मसान्तभित्र मर्जर गरी एकीकृत कारोबार थाल्ने बैंकहरुले कृषि, उर्जा, पर्यटनमा तोकिएको लगानीको सीमा ०७८ असार मसान्तसम्म कायम गरे पुग्नेछ । 

यस्तै, स्प्रेड दर ४.५ प्रतिशत कायम गर्ने अवधि पनि ०७८ मसान्त कायम गरिएको छ भने त्यस्ता बैंकले शाखा बिस्तार गर्दा केन्द्रीय बैंकको स्वीकृति लिनुपर्ने छैन । 

यस्तै, मर्जरमा जाने बैंकहरुका संचालक, अध्यक्ष, सीइओ, डेपुटी सीइओलाई लाग्ने कुलिङ पिरियड समेत नलाग्ने घोषणा गरिएको छ । 

चुक्तापूँजी २५ प्रतिशत ऋणपत्र जारी गरिसक्नुपर्ने अवधि ०७८ असार मसान्तसम्म कायम गरिने सहुलियत समेत केन्द्रीय बैंकले घोषणा गरेको छ ।