काठमाण्डौ । मर्जर तथा प्राप्ति सम्झौता गरेपछि दुई वाणिज्य बैंक, एक विकास बैंक तथा एक लघुवित्तको सेयर कारोबार नेपाल स्टकल एक्सचेन्जमा आइतबारदेखि रोक्का भएको छ । 

नेप्सेका अनुसार ग्लोबल आईएमई बैंक, जनता बैंक र कैैलाश विकास बैंक तथा सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको हो । 

ग्लोबल आईएमई र जनता बैंकबीच गत शुक्रबार मर्जर सम्झौताका भएको थियो भने सोही दिन प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो । 

त्यस्तै गत बिहीबार सूर्योदय र त्रिलोक लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको थियो । 

अब यी बैंक तथा लघुवित्तहरुको मर्जर प्रक्रिया सम्पन्न भएपछि बन्ने नयाँ नाममा सेयर कारोबार खुला हुनेछ।