काठमाण्डौ । मर्सिडिज बेन्जजस्तो महँगो कार बनाउने जर्मनी कम्पनी डेमलरलाई डिजेल कारको उत्सर्जन प्रमाणीकरणको लाई लिएर १ खर्ब ७ अर्ब रुपैयाँ (८७ करोड युरो) जरिवाना गरिएको छ ।

डेमलरबाट उत्पादित डिजेल कारहरुले उत्सर्जनका नियम पूरा नगरेकोले प्रदूषण बढाएको आरोपमा यति ठूलो जरिवाना गरिएको हो। जर्मनी अदालतले डेमलरले यो फैसला स्वीकार गर्ने जनाएको छ । अदालतमा मुद्दा दायर गर्ने अभियोजकहरुले पनि डेमललाई नियाम उल्लंघन गरेकोले जरिवाना तोकिएको जनाएका छन् ।

डेमलरले यो कारबाहीलाई स्वीकार्न नै कम्पनीका लागि हित हुने ठहर गरेको छ । उसले यो जरिवाना रकमले कम्पनीको तेस्रो चौमास वित्तीय नतिजामा कुनै असर नगर्ने दाबी पनि गरेको छ । – एजेन्सी