काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र रुपन्देहीको बुटवलस्थित मर्सि सिटी हस्पिटलबीच सम्झौता भएको छ । 

बैंकले सो अस्पतालसँग वियिभन्न सेवा सुविधामा आफ्ना ग्राहक र कर्मचारीहरुलाई १० प्रतिशतसम्म छुट पाउने गरी सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नमबर ५ का प्रमुख तिलकसुन्दर कार्की र अस्पतालको तर्फबाट प्रबन्ध निर्देशन गोपालप्रसाद श्रेष्ठले हस्ताक्षर गरे । 

हाल यो बैंकको देशभर २९५ शाखा कार्यालयहरु, ३३४ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ भने बैंकका १७ लाख बढी ग्राहक रहेका छन् ।