काठमाण्डौ । यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोश्रो तथा अन्तिमबम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन्। 

मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’बाट विजेता घोषित भएका हुन् । पैसा पठाउने रोकाया वा निजले सिफारिस गरेका व्यक्तिले नगद रु. १०,००,०००(दशलाख)प्राप्त गर्ने आइएमईले जनाएको छ । 

यसैगरी, अन्तिम तथा छैठौं १५ दिनको जीवनबीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका छन् । जापानबाट नेपालमा पैसा पठाउने थापा भाग्यशाली विजेता बनेका हुन् । विजेता थापा वा निजले सिफारिस गरेको व्यक्तिले रु. ६००,०००(छलाख) बराबरको जीवनबीमा सुविधा प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ । 

गत हप्ता पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित अफर समापन तथा अन्तिम नतिजा सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौला लगायत विभागीय प्रमुखहरुको उपस्थिति थियो । 

गत भाद्र १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’मा ५,०४०(पाँचहजार चालिस), पाक्षिक ‘लक्कीड्र’ मा ६ (छ ) र बम्पर ‘लक्कीड्र’ २ (दुई)जनापुरस्कृत भइसकेका बताइएको छ ।