काठमाण्डौ । मल्टिपर्पस फाइनान्स कम्पनी लिमीटेडले जारी गर्न लागेको ८६५ प्रतिशतको हकप्रदका कारण कम्पनीको दोश्रो बजार मूल्यमा उछाल आएको छ । 

यो कम्पनीले मंगलबार एक सूचना प्रकाशित गरी ८६५ प्रतिशत हकप्रद सेयर निश्कासन प्रयोजनका लागि असार ११ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द हुने प्रष्ट्याएको थियो । 

यो सूचनासँगै कम्पनीको सेयर खरीद गरी आउन लागेको हकप्रद सुरक्षित गर्ने लगानीकर्ताका कारण बुधबार बजार खुलेदेखि नै कम्पनीको मूल्य तीव्र गतिमा बढ्न थालेको थियो । 

कम्पनीको सेयरमा खरीद चाप मात्र देखिएपछि र बिक्री गर्ने एकजना पनि नभएका कारण मूल्य बढेर पोजिटिभ सर्किट लागेको छ । कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीले बढेर प्रतिकित्ता २१५ रुपैयाँ पुगेको छ । 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा कम्पनीको सेयरमा ४ हजार ६९२ कित्ताको खरीद आदेश पोष्ट भएको छ भने बिक्रीतर्फ कुनै आदेश पोष्ट भएको छैन । यसले समेत कम्पनीको सेयर बिक्री गर्न चाहने लगानीकर्ता नभएका र खरीदमा मात्र चाप भएको देखाउँछ ।