काठमाण्डौ । मल्टिपर्पस फिनान्स कम्पनी लिमीटेड (वित्तीय संस्था) को हकप्रद सेयर खरिद आवेदन दिने आज सोमबार अन्तिम अवसर रहेको छ ।

संस्थालेले गत साउन १३ गतेदेखि १:८.६५ (८६५ प्रतिशत) को अनुपातमा हकप्रद सेयर निस्कासन गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर निस्कासन गरेको छ।

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ। हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयरको बिक्रीपछि चुक्तापुँजी बढेर ४० करोडको उचाईमा पुग्नेछ ।