काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड (वित्तीय सस्था) को अवितरित २४ लाख ८७ हजार २७८ कित्ता हकप्रद सेयर आज बिहीबारबाट लिलामीमार्फत बिक्री सुरु गरिएको छ ।

कम्पनीले गत असार २३ गतेदेखि भदौ ९ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमध्ये बिक्न नसकेको सेयर लिलामीमार्फत थालेको हो । कम्पनीले नबिकेको संस्थापक समूहको १८ लाख ६० हजार ७२१ र सर्वसाधारण समूहको ६ लाख २६ हजार ५५७ कित्ता सेयर लिलामीमा राखिएको छ ।

संस्थालेले गत साउन १३ गतेदेखि १:८.६५ (८६५%) को अनुपातमा हकप्रद सेयर निस्कासन गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर निस्कासन गरेको थियो।

लिलामीमा राख्न लागिएको सेयर प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएकोले लगानीकर्ताले सोभन्दा बढी दररेटमा गोप्यशिलबन्दी पेस गर्नुपर्नेछ । सर्वसाधारणस लगानीकर्ता न्यूनतम १०० कित्ता र संस्थापक लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

गोप्यशिलबन्दी कात्तिक ७ गतेभित्र पेस गरिसक्नुपर्नेछ ।

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ। हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयरको बिक्रीपछि चुक्तापुँजी बढेर ४० करोडको उचाईमा पुग्नेछ ।