काठमाण्डौ । सरकारले तत्कालका लागि महंगा गाडीहरुको आयातमा प्रतिबन्ध लगाएको छ । 

कोरोना भाइरस संक्रमणको प्रभावसँग जुँधिरहेको सरकारले ५० हजार डलरभन्दा माथि मूल्य पर्ने सवारी साधनको आयातमा रोक लगाउने निर्णय गरेको हो । 

अर्थमन्त्री डा. युवराज खतिवडाले यो विषयमा जानकारी गराएका हुन्।

यस्तै, सरकारले सुनको पैठारी दैनिक २० किलोलाई घटाएरमा १० किलोमा झार्ने निर्णय समेत गरेको छ ।

यसैगरी, मरिच, सुपाडी,केराउ, छोकडा लगायतका वस्तुको आयातमा समेत रोक लागेको छ । 

यस्तै, मदिरा आयातमा पनि रोक लगाउने निर्णय भएको छ ।