काठमाण्डौ । पार्टीभित्रको असन्तुुष्टहरुको मागलाई बेवास्ता गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना नजिकका दुुई नेतालाई मन्त्रीमा दोहोर्याउने निर्णय गराएका छन् । 

प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा सहभागी कृष्णबहादुर महरा र जनार्दन शर्मालाई नै उनले देउवा सरकारमा समेत दोहोर्याउने भएका हुन् । 

माओवादीको तर्फबाट कृष्णबहादुर महराले सरकारमा पार्टीको नेतृत्व गर्नेछन् । उनलाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइनेछ । 

यस्तै, उर्जा मन्त्रालयमा राम्रो काम गरेर चर्चा कमाएका जनार्दन शर्मा गृहमन्त्री बन्ने भएका छन् । 

माओवादीबाट मन्त्री बन्ने बाँकी नामहरु केही दिनपछि छनौट हुने स्रोतले जनाएको छ ।