काठमाण्डौ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । 

उनी हालका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर भएको बेला डेपुटी गभर्नरको रुपमा उनी निकट रहेर काम गरेका थिए । हाल लगानी बोर्डको  प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत उनले काम गरिरहेका थिए । 

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, डा. राजन खनाल र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो ।