काठमाण्डौ । महालक्ष्मी विकास बैंकले दुर्घटनामा निधन भएका आफ्ना एक कर्मचारीको परिवारलाई ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

महालक्ष्मी विकास बैंकको तुलसीपुर शाखामा कार्यरत किशोरकुमार बडुको २०७४ साल चैत्र ११ गते मोटरसाइकल दुर्घटना परी निधन भएको थियो ।

जेठ ३० गते बैतडी शाखामा आयोजना गरेको एक कार्यक्रमबीच मृतक बडूका पिता जनकबहादुर बडूलाई ७ लाख रुपैयाँको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्तान्तरण गरे । सोही अवसरमा  बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।