काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको डडेलधुरा शाखाले अमरगढी  नगरपालिका वडा नं ५ ,बागबजार, डडेलधुरा स्थित बैंककै भवनमा असार ११ गते गीता आँखा अस्पतालको समन्वयमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । 

शिविरमा करिब २१० जनाको आँखा परीक्षण गरिएको थियो साथै निहित समस्या उपचारार्थ निःशुल्क औषधी समेत वितरण गरिएको थियो । सामान्य आँखाको समस्यालाई ध्यान नदिँदा त्यसले जटिल समस्या निम्त्याउने कुरालाई प्रस्ट पार्दै बैंकका शाखा प्रबन्धक पहलमान ठकुल्लाले समयमा नै आँखा परीक्षण गर्नुपर्ने कुरालाइ जोड दिए । सोही कुरालाई ध्यान दिँदै बैंकले आँखा शिविर आयोजना गरेको जानकारी दिइएको थियो ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।