काठमाण्डौ । महालक्ष्मी बिकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल मेडिसिटी अस्पतालसँग साउन ६ गते एक सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले उक्त पत्रमा हस्ताक्षर  गरेका हुन् । 

सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा ७  प्रतिशत छुट पाउनु हुनेछ । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटीको सेवाशुल्कमा १० प्रतिशत  छुट प्राप्त गर्नसक्ने बताइएको छ । 

देशका ७३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको हालसम्मका करिब ४ लाख ४० हजार ग्राहक वर्गहरुले नेपाल मेडिसिटीमा उपचार गराई सेवाशुल्कमा छुट प्राप्त गरी लाभान्वित हुन सक्नेछन् । सोका लागि ग्राहकले अनिवार्य रुपमा बैंकको डेबिट कार्ड लिनुपर्नेछ ।