काठमाण्डौ । महालक्ष्मी विकास बैंकले महिला ग्राहकका लागि पहिलोपटक मेहेन्दी कार्यक्रम २०७५ आयोजना गरेको छ । 

साउन १३ गते आइतबारदेखि सञ्चालनमा आएको सो कार्यक्रम उपत्यकामा अवस्थित बैंकका विभिन्न ६ वटा शाखाहरुमार्फत साताभरि नै जारी रहने बैंकले जनाएको छ । 

बैंकले सो कार्यक्रम राजधानी भित्रका बसुन्धारा, महाराजगञ्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा पालैपालो गर्नेछ । 

यस कार्यक्रममा इच्छुक महिला ग्राहकहरुले आफुलाई पायक पर्ने शाखामा गई निःशुल्क रुपमा आर्कषक मेहेन्दी लगाउनसक्ने बैंकले प्रष्ट्याएको छ । 

बैंकले साउन महिनाको अवसर पारी नेपाली नारीहरुलाई लक्षित गर्दै हिन्दु संस्कृतिको जगेर्ना गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम गरेको हो । बैंकले श्रावण १३ गते बसुन्धारा शाखामा मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । 

बैंकले क्रमश: महाराजगन्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा श्रावण १४ देखि श्रावण १८ सम्म सो कार्यक्रम सञ्चालनमा ल्याउने बताएको छ।