काठमाण्डौ । महालक्ष्मी बिकास बैंक लिमीटेडले  महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जाको सुविधा ल्याएको छ ।

मानिसहरुको घरघडेरी जोड्ने तथा उच्च शिक्षा हासिल गर्ने सपना केवल पुँजीको अभावमा पूरा हुन नसकेको कुरालाई मध्यनजर गरी बैंकले उक्त योेजनाहरु ल्याएको बैंकले जनाएको छ । 

सो योजनामार्फत ग्राहकहरुले घर कर्जामा रु. ५ लाखदेखि रु. ५ करोडसम्मको कर्जा र शैक्षिक कर्जामा रु. ५ लाख देखि रु. १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । उल्लेखित कर्जाहरु मात्र वार्षिक १२.९९ प्रतिशतको सर्वसुलभ ब्याजदरमा प्राप्त गर्न सकिनेछ भने उक्त कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुने बताइएको छ ।

२० वर्षसम्मको अधिकतम अवधिको किस्तामा उपलब्ध हुने महालक्ष्मीघर कर्जाअन्तर्गत, ग्राहकले आवासीय जग्गा, तयारी घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा मर्मत सम्भार गर्न सक्नेछन् । यो सुबिधाअन्तर्गत कर्जा स्वाप गर्न पनि सकिनेछ ।

महालक्ष्मी शैक्षिक कर्जामा भने स्वदेश वा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी वर्गले आफ्ना लागि वा अभिभावकले आफ्ना बालबच्चाका लागि

उल्लेखित कर्जा लिन सक्नेछन् । यस कर्जा अन्तर्गत पहिलो ५ वर्षसम्म ब्याज मात्र बुझाए पुग्नेछ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिमीटेडको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढी रहेको छ ।