काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

बैंकको भदौ ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस सेयरपछि बढेर २ अर्ब ८४ करोडको उचाईमा पुग्नेछ ।