काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले आगामी असोज २६ गते आफ्नो १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

यसको अर्थ कम्पनीबाट प्रस्ताव गरिएको लाभांश सेयरधनीले दशैंअघि नै पाउनेछन् । 

कम्पनीले काठमाण्डौको मीनभवनस्थित अल इन वान ब्यांक्वेटमा साधारणसभा आह्वान गरेको हो ।

साधारणसभामा ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश वितरणको संचालक समितिको प्रस्ताव विशेष अजेण्डाको रुपमा प्रस्तुत हुने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

यस्तै, आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण समेत पास गर्ने साधारणसभाले भविष्यमा मर्जर र एक्वीजिसनमा जाने बाटो खुल्ला राख्ने अजेण्डामा समेत छलफल गरी निर्णय लिनेछ ।

बैंकले साधारणसभा प्रयोजनका लागि असोज १४ गतेदेखि २६ गतेसम्म बुक क्लोज हुने जनाएको छ । यसको अर्थ साधारणसभामा सहभागी हुन चाहनेले असोज १३ गतेसम्म महालक्ष्मी विकास बैंकको सेयर खरीद गरिसक्नुपर्ने हुन्छ ।