काठमाण्डौ । महालक्ष्मी विकास बैंकका सेयरधनीले दशैंअघि नै १५ प्रतिशत लाभांश पाउने भएका छन् ।

बैंकको असोज २६ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशतको दरले बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । योसँगै लगानीकर्तालाई बैंकले दशैंअघि नै बोनस खुवाउने भएको हो ।  

साधारणसभाले लेखापरीक्षकको नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी साधारणसभाले उल्लिखित प्रस्ताव पारित समेत गरेको छ । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ७७ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढी रहेको छ । बैंकले हालसम्म करिब रु. २६ अर्ब ३२ करोड निक्षेप संकलन गरी रु. २२ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।