काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमीटेडबीच बीमा सेवादिने सम्बन्धमा एक समारोह बीच सम्झौता भएको छ । 
 
सम्झौताअनुसार सिद्धार्थ बैंकले देशभरका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडको जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।
 
सम्झौतामा सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरे ।
 
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ। 
 
महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगञ्ज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङबाट कारोबार प्रारम्भ गरिसकेको छ र चैत्र महिनाभित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको छ ।