काठमाण्डौ । महालक्ष्मी विकास बैंकलाई ९ प्रतिशतको दरले नगद लाभांश वितरण गर्न नेपाल राष्ट्रबैंकले स्वीकृति प्रदान गरेको छ । 

बैंकको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार संचालक समितिले गरेको प्रस्ताव अनुसार ९ प्रतिशतको दरले नगद लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो । 

सो लाभांश निकट भविष्यमाहुनलागेको वार्षिक साधारण सभाबाट पारित गरे पश्चात वितरण गरिने बैंकले जनाएको छ । 

विकास बैंकहरुमा सबैभन्दा बढी चुक्तापुँजी(२ अर्ब ६३ करोड)भएको महालक्ष्मी विकास बैंकले फाल्गुन मसान्तसम्म २४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस बैंकको नेपालभरी जम्मा ७१ शखा छन् भने एटिएम संख्या ३५ रहेको छ ।