काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइतबार बैंकासुरेन्स सम्झौता भउको छ । 

सम्झौतापत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

यस किसिमको सम्झौताबाट महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको सम्पूर्ण शाखाहरुमार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित उक्त इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, तथा बिमा दाबीभुक्तानी सहजै रुपमा प्राप्त गर्न सक्नेछन् ।