काठमाण्डौ । देशकै कान्छो बिमा कम्पनी, महालक्ष्मी लाइफ इन्स्योरेन्सको झण्डा सगरमाथाको चुचुरोमा फहरिने भएको छ । 

तिब्बतको दक्षिणी मोहडाबाट सगरमाथा आरोहणको लागि तयार भएकी महिला सगरमाथा आरोही तथा राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनले महालक्ष्मी लाइफको झण्डा सगरमाथा लैजाने भएकी हुन् । 

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडले प्रधान कार्यालय प्रांगणमा बुधबार एक समारोहको आयोजना गरी महर्जनलाई सफलताको शुभकामना प्रदान गरेको छ । 

गत वर्ष मात्र नेपालको उत्तरी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेकी महिला पर्वतारोही कल्पना महर्जनलाई आरोहणमा सहयोग पुर्याउन उक्त कार्यको आधिकारीक व्यवस्थापक इक्सपेरियन्स आउटडोर नेपाल प्रालिसंग रू. एकलाख प्रदान गर्ने गरी सम्झौता समेत भएको छ । 

 'शिक्षा मार्फत बाल विवाहको अन्त'को नारा लिएर दोस्रो पटक सगरमाथा आरोहणमा जान लागेकी साहसी महिलालाई प्रोत्साहित गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी लाईफ इन्स्योरेन्सले सहयोग गरिएको प्रष्ट्याएको छ । 

सगरमाथा आरोहणको क्रममा कल्पना महर्जनले सगरमाथाको चुचुरोमा महालक्ष्मी लाईफको लोगो अंकित झण्डा फहराउने छिन्। 

सो कार्यका लागि महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सहयोग रकमको चेक र लाईफ इन्स्योरेन्सको झण्डा कल्पना महर्जनलाई हस्तान्तरण गरेका थिए ।