काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । 

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्यूरोडशाखाले बैशाख २४ गतेका दिन पिपलबोट, भूगोल पार्क, काठमाण्डौमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

बिहानको करिब १० बजेदेखि ३ बजेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा कुल ७३ जना व्यक्तिहरुले रक्तदान गरेका बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सहभागीहरुको उपस्थितिप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।