काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन गत साउन १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ।

स्ट्राटेजिक बिजनेस मिट–२०१९ नाम दिइएको सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गरेका थिए । सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख र देशभर रहेका ४७ वटा शाखाकाप्रमुखहरूसमेत ६५ जनाको सहभागिता थियो।  

लिम पर्फम लिड नारासहित २ दिन संचालित सम्मेलनको पहिलो दिन आ।व। २०७६/७७ को लक्ष्य, रणनिति र कार्यक्रम बारेमा बृहत छलफल भएको थियो। दोस्रो दिन सम्पुर्ण शाखा र उपशाखा प्रमुखलाई लेखा, अण्डरराइटिङ्ग, एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो। 

कार्यक्रमको अन्तमा संचालक सुरेश सापकोटाबाट लक्ष्य पुरा गर्नेलाई नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो। 

२०७५ माघ २७ बाट कम्पनी संचालन भए पनि विभिन्न तयारीको कारण ४ महिनाको छोटो समयावधिमा महालक्ष्मी लाईफले ५० जिल्लाभन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको, ४७ वटा कार्यालय खोलेको, ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको छ। कम्पनीले यस आवमा थप ५० वटा शाखा रउपशाखा स्वीकृती लिई १०० भन्दा बढी कार्यालय संचालनमा ल्याउने तथा प्रथम वीमा शुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य लिएको जानकारी गराएको छ ।