काठमाण्डौ । कान्छो जीवन बिमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले सुखद र उत्साहप्रद सुरुवात गर्दै बिमा शुल्क आर्जनमा आशालाग्दो अवस्था सिर्जना गरेको छ । 

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म यो कम्पनीले २४ करोड ९३ लाख खूद बिमा शुल्क आर्जन गरेको हो । 

संचालनको छोटो समयमै २५ करोडको हाराहारीमा बिमा शुल्क आर्जनसँगै यो कम्पनीले जीवन बिमाको क्षेत्रमा आफूलाई समेत प्रतिस्पर्धी कम्पनीको रुपमा इन्ट्री मारेको देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट १ करोड ९३ लाख आम्दानी गरेको छ भने नयाँ कम्पनी भएका कारण यो अवधिमा कुनै दाबीभुक्तानी छैन । 

छोटो समयमै कम्पनीले ११ करोड १३ लाख ३३ हजार बढी नाफा आर्जन गरेको देखिएको छ । 

जगेडाकोषमा ११ करोड ८७ लाख रहेको कम्पनीको जीवन बिमा कोष विस्तार भई १४ करोड ९७ लाखको उचाईमा पुगेको छ ।