काठमाण्डौ । साउथ एसिएन फेडेरेशनअफ अकाउन्टेन्ट्स (साफा) द्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुको पारदर्शिता, जवाफदेहीता र सुशासनमा सुधार गर्ने हेतुले वार्षिक प्रतिवेदनको मूल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ महालक्ष्मी विकास बैंक लिमिटेडले प्राप्त गर्न सफल भएको छ ।

उक्त अवार्ड आउँदो नोभेम्बर ३० मा बंगलादेशको ढाकामा हुने एक समारोहका बीच प्रदान गरिने भएको छ । नेपाल चार्टड अकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ प्राप्त गरेलगत्तै बैंकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ पनि प्राप्त गर्न लागेको हो ।

आगामी दिनहरुमा संस्थाको पारदर्शिता, जवाफदेहीता र सुशासनमा अभिवृद्घि  गरी अझै उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गर्न बैंक सधैँ प्रयासरत रहने जनाएको छ ।