काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडको बैशाख २१ गते सम्पन्न १६ औं वार्षिक साधारणसभाबाट संचालकमा नियुक्त राजेश उपाध्यायलाई त्यसपछि बसेको संचालक समितिको बैठकले पुनः अध्यक्षमा चयन गरेको छ ।

अध्यक्षमा पुनः निर्वाचित उपाध्यायलाई नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले  आइतबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका बैंकले जनाएको छ ।  

बैंकको साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न राजेश उपाध्याय, सञ्जय गिरी र राजेशकुमार रौनियारलाई र सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न राहुल अग्रवाल, श्यामसुन्दर रुङ्गटा र रुपेन्द्र पौडेललाई चयन गरेको छ । 

सोही सभाले शेयरधनीहरुलाई चुक्तापूँजीमा ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ ।