काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले मिति गत शुक्रबार सिद्घार्थनगर नगरपालिका–८ नारायणपथमा अवस्थित श्री लीलाराम माध्यामिक विद्यालयमा बालबालिकाका लागि बालउद्यानसम्बन्धी पिंग, चिप्लेटी, ढिके पिंग, तेर्साे भर्याङलगायतका सामग्री हस्तान्तरणका साथै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

वडाअध्यक्ष राजनजंग राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी , महालक्ष्मी बिकास बैंकका बिभन्न शाखाका शाखा प्रबन्धकहरु र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिति थियो ।

त्यसैगरी शुक्रबार नै बैंकको नेपालगञ्ज शाखाले नेपालगन्ज उपमहानगरपालिका–६ मा अवस्थित महेन्द्र नमुना माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यव्रmम सञ्चालन गरेको छ । शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले कक्षा ९, १०, ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमालगायत अन्य बैंकिङ सेवाबारे साक्षर गराएको हो ।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभैm प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिबद्घता जनाएको छ ।