काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो साता विभिन्न कार्यक्रम गरेको छ । 

बैंकको न्युरोड शाखाले मिति बुधबार इन्द्रावती गाउँपालिका–१२ भिमटारमा अवस्थित श्री ढोटरा आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाका लागि स्कुल ब्यागलगायत स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ । डा. उत्तम उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी र बैंककाकर्मचारीहरुको उपस्थिती थियो ।

त्यसैगरी बैंकको मसुरिया शाखाले गत आइतबार शाखाको प्राँगणमा आयोजित कार्यक्रमका बीच ट्राफिक जनचेतनासम्बन्धी बोर्डहरु सुदूरपश्चिम प्रदेशका ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाका प्रमुख चक्रबहादुर मल्ललाई संयुक्त रुपमा हस्तान्तरण गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादुर देउवा, विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रहरीउपरीक्षक लोकेन्द्र श्रेष्ठलगायत अन्य प्रहरी, बैंकका कर्मचारीहरु र सर्वसाधारणहरुको उपस्थिति थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।