काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको खाडीचौर शाखाले अरनिको राजमार्ग सुकुटेबिचमा बस दुर्घटना भई सुनकोशी नदीमा खस्दा दर्जनौँ यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (र्याफटिङ गाइड) लाई सम्मान गरेको छ । उनको साहसिक कार्यको कदर गर्दै बैंकले रु. १५ हजारसहित सम्मान गरेको हो ।

गत कात्तिक १७ गते आइतबार मागा देउरालीदेखि काठमाण्डौका लागि छुटेको बस सुकुटेबिचमा दुर्घटाना भएको थियो । उनको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने छ भन्ने हेतुले बैंकले सम्मान गरेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।