काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि. ले  काठमाडौँ महानगरपालिका वडा नं.१६, स्थित सानो भ¥याङ शाखा कार्यालयको आज सोमबारका दिन औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र समारोहका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द «पौडेलले संयुक्त रुपमा दीप प्रज्वलन गरी गरेका थिए ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन  गरे  । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका दिनुका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धतासमेत गरे । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँचलाख रहेको बताइएको
छ ।