काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको बाराको निजगढ र काठमाण्डौको बानेश्वर शाखाले आआफ्नो कार्यक्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत पानी ट्यांकी वितरण कार्यक्रम सम्पन्न गरेका छन् ।

निजगढ शाखाले गत शनिबार निजगढ नगरपालिका–१० (लाल) स्थित पल्युल साम्तेन्लिङ गुम्बालाई त्यहाँ अध्ययनरत विद्यार्थी र आगन्तुकलाई खानेपानीको सहज उपलब्धता होस् भन्ने उद्देश्यले गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरी गुम्बा व्यवस्थापन समितिका अध्यक्ष्य भीमबहादुर भोलनुलाई पानी ट्याङ्की हस्तान्तरण गरेको छ ।

यसैगरी बानेश्वर शाखाले पनि गत शनिबार बानेश्वरस्थित कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनका लागि शुद्घ पिउने पानी. उपलब्ध गराउने उद्देश्यले कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव सुदर्शन कोइरालालाई पानी ट्याङ्की हस्तान्तरण गरेको छ।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिबद्घता जनाएको छ ।