काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीस्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्सको सुरुवात गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारीअधिकृत पोषकराज पौडेलले एक समारोहबीच बीच बैंकासुरेन्सको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट सो कम्पनीको जीवनबीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण जीवनबीमा सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

महालक्ष्मीविकास बैंकको चुक्तापुँजी रु. २ अर्ब ६३ करोड रहेको छ भने बैंकले चैत्र मसान्तसम्म रु.२५ अर्ब ११ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ३ लाख ९० हजार भन्दा बढी छ ।