काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको नँयाबजार शाखाले गत शुक्रबार खुला आकाशमुनी कष्टपूर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगीहरुलाई सेवागर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा समाजलाई तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्टबिन र विविध सरसफाइका सामग्री वितरण गरेको छ ।

शाखाले आश्रममा एक कार्यक्रमको आयोजना गरी ती सामग्री वितरणका साथै आश्रममा आश्रितहरुका लागि शुक्रबार बिहान खानाको व्यवस्था गरेको थियो ।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिबद्घता जनाएको छ ।