काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको थापाथली शाखाले अघिल्लो आइतबार देशका विभिन्न स्थानमा रहेका दृष्टिविहीन बालबालिका तथा युवाहरुको हकअधिकार सुनिश्चित गरी उनीहरुको वृत्ति विकासमा टेवा पु¥याउँदै अन्य व्यत्ति सरह जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यले स्थापित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई एक सय थान फोल्डेड सेतो छडी हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । दृष्टिविहीनलाई दैनिक क्रियाकलापका साथै हिँडडुल गर्न सहज होस् भन्ने हेतुले बैंकले सेतो छडी प्रदान गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।