काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दरबारमार्ग शाखाले पुस १३ गते आइतबार काठमाडौं महानगरपालिका–१ नक्सालमा अवस्थित नन्दी माध्यामिक विद्यालयका विद्यार्थीका लागि बास्केटबल कोर्ट, टेबल टेनिस बोर्ड लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुर्याउने उद्देश्यले बैंकले खेलकूद सामाग्री प्रदान गरेको हो । 

त्यसैगरी, आइतबार नै बैंकको तीनचुली शाखाले काठमाण्डौ महानगरपालिका–७ मा अवस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालयलाई अपाङ्गतामैत्री फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । 

अशक्त विद्यार्थीहरुलाई अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले अपाङ्गतामैत्री फर्निचर प्रदान गरेको हो । ती कार्यक्रमहरुमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, महालक्ष्मी बिकास बैंकका कर्मचारी, विद्यालयका संरक्षकहरु तथा विद्यार्थीहरुको सहभागिता थियो ।