काठमाण्डौ । ग्राहकहरुलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि महालक्ष्मी विकास बैंक र ईसेवा फोनपे प्रा. लि. बीच आज आईतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौतामा उल्लेख भए बमोजिम ग्राहकहरुले ईसेवा फोनपेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ । 

उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवा फोनपे प्रा.लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सुभास सापकोटाले हस्ताक्षर गरे । 

बैंकले आगामी दिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदातत्पर रहने कुरा जनाएको छ ।