काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत विभिन्न शाखाहरुबाट सेवामूलक कामहरु ग्रिरहेको छ। 

यो क्रममा बैंकको बाँसगढी शाखाले, बाँसगढी नगरपालिका वडा नं ०२ राझाँ, बर्दियास्थित नव दुर्गा तरकारी तथा बिउ उत्पादन बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा बैशाख २९ गते शनिवारका दिन वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ८० जनाको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरुलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी बाँसगढी शाखाका प्रबन्धक दिपेन्द्र बोहराले गराएका थिए ।

यसैगरी, जेठ ४ गते बैंकको मंगलसेन शाखाले मंगला नेपाल राष्ट्रि«य उच्च माध्यमिक विद्यालयका आर्थिक स्थिति कमजोर भएका र अध्ययनशील पाँच विद्यार्थीहरुलाई कुल रकम रु. २५,००० , बेलौरी शाखाले कल्याण माध्यमिक विद्यालय बेलौरी न.पा. ७ पौलाहा कञ्चनपुरका कक्षा ५,६,७,८ र ९ का विद्यार्थीहरु १० जनालाई कूल रकम रु. २५,००० र बसुन्धारा शाखाले तिलिङ्गाटार उच्च माध्यमिक विद्यालय, धापासीका दुई विद्यार्थीहरुलाई कुल रकम रु. २५,००० छात्रवृत्तिस्वरुप वितरण गरेको छ ।