काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका बीमित र कर्मचारीले काठमाण्डौको बलुवाटारस्थित टेस्ला डाइग्नोस्टिक क्लिनिक प्रालिबाट सेवा लिँदा विशेष छुट पाउने भएका छन्। 

इन्स्योरेन्स र क्लिनिकबीच यस विषयमा सम्झौता भएको हो। सम्झौतामा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्ष गरेका छन्। 

सम्झौताअनुरुप ल्याब तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशतसम्म छुट पाउने भएका छन्। यस सम्झौताबाट इन्स्योरेन्सका बीमित तथा कर्मचारीले सुलभ दरमा गुणस्तरिय ल्याब तथा डाइग्नोष्टिक सेवा प्राप्त गर्ने विश्वास लिइएको छ।