काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले हाल विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि जम्मा रु. ५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

बैंकले संघीय सरकारलाई रु. १२ लाख, प्रत्येक प्रदेश सरकारलाई रु.४ लाखका दरले रु.२८ लाख र विभिन्न स्थानीय क्षेत्रहरुमा रु. १० लाख सहयोग गर्ने भएको हो। बैंकले प्रदान गर्ने सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानीय तहहरुमा शाखाहरुसँग समन्वय गरी वितरण गरिने बैंकले जनाएको छ।

यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोनाभाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफ बच्न र अरुलाई पनिबचाउन अनुरोध गरेको छ।