काठमाण्डौ । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स र सो कम्पनीका सीइओबाट गरी कुल १३ लाख ३४ हजार सहयोग गरिएको छ । 

महालक्ष्मी लाइफले एक विज्ञप्ति प्रकाशित गरी यो विषयमा जानकारी दिएको हो । 

कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट रु. ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको बताइएको छ । 

यस्तै, सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराइले आफ्नो २ महिनाको तलब बराबरको रकम ५ लाख ८४ हजार समेत सहयोग गरेका छन् । 

कम्पनी र सीइओको तर्फबाट उपलब्ध सहयोग रकम राष्ट्रिय बाणिज्य बैंक लिमीटेडका कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा सिद्धार्थ बैंक मार्फत जम्मा गरिएको इन्स्योरेन्सले जनाएको छ ।