काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीको कोरो बीमा गरिदिएको छ।

विश्व महामारी कोरोनाभाइरसको विश्वव्यापी संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै गइरहेको छ। यस्तो अवस्थामा प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा र उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमा शुल्क संकलन तथा बीमासम्बन्धी कार्य गर्न फिल्डमा जानुपर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई ध्यानमा राखी देशभरिका ६० शाखा र उपशाखाअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गरिएको कम्पनीले जनाएको छ।

सरकारले तोकेको अत्यावश्यक सेवामा बीमा सेवा पनि पर्ने र कोरोनाको संभावित जोखिमबाट पिडित नेपालीहरुलाई राहत र सुरक्षित गर्न बीमा व्यवसाय गर्नु आवश्यक पनि देखिएको कम्पनीले जनाएको छ। 

कोरोना बीमाको बीमांक रकम प्रतिकर्मचारी १ लाख रुपैयाँको रहेको कम्पनीले जानकारी दिएको छ।